Shambandha…viewed:210
BadNot BadGoodExcellentAwesome! (4 votes, average: 4.75 out of 5)
Loading ... Loading ...

Poetry Add comments

सम्बन्ध

सम्बन्ध विश्वासमा अडेको हुन्छ, वाचामा होइन ।
वाचा सिसाले बनाएको परिधि रहेछ ।
कुनै पनि बेला चकनाचुर भएर छिन्नभिन्न हुँदो रहेछ ।
जुन फेरि कहाँ जोड्न सकिन्छ र….

सम्बन्ध समर्पणमा गडेको हुन्छ, क्षणिक साथमा होइन ।
क्षणिक साथ शंकाले बनाएको ज्वाला रहेछ ।
कुनै पनि बेला जलेर खरानी हुन्छ ।
जुन फेरि कहाँ प्राप्त गर्न सकिन्छ र….

सम्बन्ध धैर्यतामा अडिग हुन्छ, हतासमा होइन ।
हतास बतास सरह वेग रहेछ ।
कुनै पनि बेला तहसनहस भएर शान्त हुँदो रहेछ ।
जुन फेरि कहाँ फर्काउन सकिन्छ र….

सम्बन्ध रगतमा कोरेको हुन्छ, शब्दमा होइन ।
शब्दमा कोरेको केबल शब्दमै सीमित हुँदो रहेछ ।
कुनै पनि बेला सजिलै मेटिन सक्दो रहेछ ।
जुन फेरि कहाँ कोर्न सकिन्छ र….

सम्बन्ध आत्माको मिलन रहेछ, शरीरको होइन ।
शरीरको मिलन केबल भ्रम रहेछ ।
कुनै बलको सामु घुँडा टेक्नु पर्ने रहेछ ।
जुन फेरि बरबराएर कहाँ मिलन हुन्छ र….

One Response to “Shambandha…”

  1. dikesh Says:

    such a heart touching poem…I am liking your poem more and more day by day… you have eXpressed your feelings using such a great nepali wordings… I AM IMPRESSED my friend… BRAVO… Keep on sharing such poems… thank you so much…

    dikesh

Leave a Reply

Verification Image

Please type the letters you see in the picture. (required)

Copyright 2007, CyberBlog.com.np. All Rights Reserved.
Entries RSS RegisterLogin