म एउटी शिक्षित केटी मेरा मनमा भित्र देखि नै सधै मैले केही राम्रो
काम गर्नु पर्दछ भन्ने विभिन्न किसिमका सोचहरू आई नै रहन्थे तर
पनि मैले के गर्ने र गर्न सक्छु भन्ने कुरा मा म कहिले पनि स्थिर रहिन ।
दिउँसो को� ामा एक्लै बस्दा यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने अनेकौं
कल्पनाहरू सिर्जना गर्दथें र बेलुका श्रीमान् अफिसबाट ति सबै कुराहरू ध्यान
पूर्वक सुनिदिनु हुन्थ्यो र मेरो मनमा हौसला जगाई सुझावहरू दिनु हुन्थ्यो ।
जसले गर्दा मलाई केही सामाजिक कार्य गर्न प्रति उत्साहित गरायो ।
हामी र्दुइ श्रीमान् श्रीमतीले एउटा माटोको खुत्रुके किनेका थियौं, जसमा
हामीसँग यदि रुपैयाँका सिक्काहरू जम्मा भयो की त्यसैमा सधै खसाल्ने
गर्दथ्यौं । हामीले एक दिन त्यो खुत्रुकेमा जम्मा भएको पैसाले कोही गरिवको
छोरा छोरीलाई पर्ढाई खर्च दिने निर्णय गर्यौं तर कसलाई दिने त्यो भने
निर्णर्य गर्न सकिरहेका थिएनौं ।


(3 votes, average: 4 out of 5)
Recent Comments
- yryhan: ...
- gpyjdah: He said, ...
- name: comment2,...
- name: comment1,...
- naked: ...
2 Users Online